सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिद्वारा गृहसचिव र आईजीपीसँग सोधपुछ
काठमाडौं–सहकारी रकम अनियमितता छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव र प्रहरी महनिरीक्षक ९आईजीपी०सँग सोधपुछ गरेको छ। समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर उनीहरूसँग सोधपुछ गरिएको छानबिन समिति संयोजक सूर्यबहादुर थापाले बताए।
एमाले सांसद थापा सभापतित्को संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहाई पनि समितिमा उपस्थित हुन पत्र काटेको छ।
सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसद् अवरोध गरेपछि जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो।
हाल प्रहरीले संकटग्रस्त सहकारीका विषयमा अनुसन्धान गरिरहेको हुँदा त्यसबारे जानकारी लिन गृह मन्त्रालयका सचिव अर्याल र आईजीपीसँग केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०बाट प्राप्त सूचनाबारे बुझ्न समितिमा बोलाइएको थापाले बताए। समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग पनि छलफल गरेको थियो।