प्रमुख समाचार
Thursday, 4 Jul, 2024
११ दिनमा १६४ जनामा डेंगु पुष्टि
काठमाडौं–देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। पुस मध्यदेखि असार ९ सम्म १२६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ।
११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन्। ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो।







