प्रमुख समाचार Sunday, 30 Jun, 2024
Prestige Media

पहिरोले घर पुरिँदा गुल्मी, बागलुङ र स्याङ्जामा गरी ९ जनाको मृत्यु

काठमाडौं–मनसुन सुरु भएसँगै नेपालभर पानी परिरहेको छ। शुक्रबारको निरन्तरको वर्षाले गुल्मीसहित स्याङ्याजा र बाग्लुङमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाएका छन्। बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
शुक्रबार गए राती ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। यस्तै, स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रार राती स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बांगेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो।
राती सुतेका बेला आएको पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घटनास्थलमा रहेकी प्रहरी सहायक निरीक्षक अमृत भुजेलले बताइन्। घटनाका बेला आमाछोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको छ।
पहिरोले ढुंगामाटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ। यसैगरी गुल्मीको मालिका गाउँपालिकामा निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर एकै घरका पाँच जनाको अकाल मृत्यु भएको छ।
मालिकाको वडा नम्बर ६ ठाँटीपोखरीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाएका हुन्। शुक्रबार रातीदेखि परेको निरन्तर वर्षापछि आएको पहिरोले मालिका–६ कँडेलपाटामा भेषबहादुर कामीको पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको पालिका अध्यक्ष देवीराम अर्यालले बताए।
पहिरोमा ५५ वर्षीय घरमुली भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL