खेलकुद Wednesday, 5 Jun, 2024
Prestige Media

आईसीसी टी–२०ः नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित

काठमाडौं– आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको छ।
नेपालले जितका लागि नेदरल्यान्डससामु १०७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ।
नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए। उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे। यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक–एक विकेट लिए।
यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो। नेपालले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १०६ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए। उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे। गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए।
बलिङतर्फ नेदरल्यान्डका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल जेठ २९ मा श्रीलंकासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपतिले गरे बिदाइ

भाारतले जित्यो क्रिकेट विश्वकप उपाधि

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

आइसिसी टी–२०ः नेपाल बंगलादेशसँग २१ रनले पराजित, विश्वकप यात्रा टुंगियो

वर्षाका कारण नेपाल–श्रीलंकाबीचको खेल रद्द

सन्दीपले टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

फिफा विश्वकप छनोटः आज नेपाल र यमन भिड्दै

सन्दीपले टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

नेपाल र नेदरल्यान्डबीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण, ५००० खेलप्रेमीको जमघट हुने

दशकपछि विश्वकप क्रिकेट खेल्दै नेपाल, आज नेदरल्यान्डसँग भिड्दै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL