प्रमुख समाचार Tuesday, 4 Jun, 2024
Prestige Media

काठमाडौं उपत्यकामा असिनापानीसहितको वर्षा

काठमाडौं–स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा असिनापानीसहितको वर्षा भएको छ। वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ।
काठमाडौंको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घन्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। यो प्रि–मनसुन क्रियाकलाप भएको महाशाखाले बताएको छ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार कोसी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस वर्षको मनसुन जेठ ३१ देखि नेपाल प्रवेश विभागको पूर्वानुमान छ। यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL