Exclusive News Thursday, 30 May, 2024
Prestige Media

भारततर्फ दैनिक ४०० मेगावाट विद्युत् निर्यात सुरु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले वर्षायाम लागेसँगै खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको जनाएको छ। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातीबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।
खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाट हाराहारी विद्युत् निर्यात भइरहेको बताए।
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समय आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ। विगत ७÷८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर ४÷साढे ४ करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।
आन्तरिक माग पूरा गरी अतिरिक्त भएको १ हजारदेखि १ हजार २ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको उनले जानकारी दिए। निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेको उनले बताए।
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ।
एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ।
नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ । ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे।
‘पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ। एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या छ। कन्डक्टर बदल्ने काम २÷३ दिनमा सकिनेछ। त्यसपछि हालको समस्या समाधान हुनेछ,’ उनले भने।
दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुनेछ। परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL