प्रमुख समाचार Thursday, 9 May, 2024
Prestige Media

तेस्रोपल्ट कोसी प्रदेशको मुख्यमन्त्री बने हिक्मत कार्की

काठमाडौं–कोसी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले बताएको हो। यद्यपि, प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आजै मात्र सर्वोच्च अदालतमा रिट दायर गरिने बताएका रेकै दिन
झापा निर्वाचन क्षेत्र ५ ९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हिक्मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। आजै ५२ जनाको सनाखत गरिएको हस्ताक्षर प्रदेश प्रमुखलाई पेस गरेपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। हस्ताक्षर गर्नेमा जसपाका निर्मला लिम्बूको पनि समर्थन रहेको छ। नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्की यसअघि २०७९ पुस २४ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पहिलो पटक मुख्यमन्त्री बनेका थिए। केन्द्रमा कांग्रेससँग समीकरण बनेसँगै माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा मुख्यमन्त्रीबाट हटेका थिए। कोसीमा सत्ता छिनाझम्टीको लहर चलिरहेको छ। कार्की हटेपछि कांग्रेस नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बने। सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए।
त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुनः तत्कालीन सत्तारुढ कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरियो । फागुन २१ मा केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि हिक्मतले कोसीमा पुनः तेस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL