Exclusive News Thursday, 9 May, 2024
Prestige Media

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आशा जगाउने खालको हुने बताएका छन्। आशावादी बनेरै जेठ १५ मा सार्वजनिक हुने आगामी बजेट निर्माण भइरहेको उनले बताएका हुन्। अर्थमन्त्री पुनले नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा महत्त्वपूर्ण सुधारका कदमसहित आशा जगाउने गरी बजेट ल्याइने जनाए।
‘उनले भने, ‘बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले छलफल गरिसकेको छ। सबै क्षेत्रबाट अर्थतन्त्र शिथिल छ भन्ने गुनासो सुनियो। यद्यपि गत वर्षभन्दा अर्थतन्त्र सुधारोन्मुख रहेकाले आशावादी भएरै बजेट बनाइरहेका छौं।’ उनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले ध्यान दिने दाबी गरे। सरकारले निजी क्षेत्रलाई तर्साउने नभई परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई प्राथमिकता र सुरक्षा ग्यारेन्टी गरेको मन्त्री पुनको भनाइ छ।
उद्योगी, व्यवसायी जोसुकैमाथि प्रश्न उठेकै आधारमा अपराधी ठान्ने परम्परा अनुचित रहेको उनले बताए। निजी क्षेत्रको मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने र गरिरहेको दाबी मन्त्री पुनले गरे। ‘लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको छ। यसमा सरकार र निजी क्षेत्र सँगै रहे। आगामी बजेटले औद्योगिक वातावरण बनाउन भूमिका खेल्नेछ’, उनले भने। मन्त्री पुनले वित्तीय र मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने आफ्नो धारणा रहेको सुनाए। आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोबाट नहिँड्ने उनले बताए।
बजेट बनाउँदा प्रेसर भोग्नुपरेको र मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको खुलासा मन्त्री पुनले गरे। अर्थमन्त्री र गभर्नर टाढै बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको र सबैको लक्ष्य मुलुकको विकास हुनुपर्ने धारणा उनले व्यक्त गरे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

आश्माले जितिन् मिस नेपालको उपाधि

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा

स्वदेशमै उच्च शिक्षा अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL