प्रमुख समाचार
Wednesday, 8 May, 2024
तीन सातामा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख २४ सम्म २७ जनाको मृत्यु भएको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ सम्म उनीहरूको मृत्यु भएको हो।
प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ।
यसैबीच प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ। यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो।







