प्रमुख समाचार Tuesday, 7 May, 2024
Prestige Media

स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा रहँदा नेपालमा उपेन्द्रको पार्टी जसपा नेपालबाट अशोक राई नेतृत्वको समूहले जसपा गठन गरेर वैशाख २४ मै वैधानिकता पाइसकेको छ। पार्टीका १२ सांसदमध्ये ७ जना राई नेतृत्वको जसपामा लागेका छन्।
पार्टीमा फुट आएसँगै उपेन्द्र नेतृत्वको जसपा नेपालमा ५ जना मात्र सांसद रहेका छन्। स्वदेश फर्किएलगत्तै अध्यक्ष यादवले पार्टीभित्रको विभाजनबारे नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई भेटेको बुझिएको छ। जसपा नेपाल टुक्रिएपछि प्रचण्ड नेतृत्वको सरकार के हुने भन्नेबारे अड्कलबाजी सुरु भएका छन्। राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो।
जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ। जसपा नेपालले कानुनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ। सोमबार राती नेपाल आइपुगेका यादव मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।
‘अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,’ प्रवक्ता मनिष सुमनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL