खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै
काठमाडौं– काठमाडौं महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ। काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरले जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे।
यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० मा नीतिगत सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो। कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यसहित इञ्जिनियर मञ्च पुगेका थिए।
प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता ग¥यौं। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौं।’
नेपाल पूर्वाधार निर्माण २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भन्ने, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो। यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ।’
खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर ९४६ रोपनी १ दाम० क्षेत्रमा फैलिएको छ। सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि वर्षाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ।
ध्चष्तभ तय एःऋ ल्भ्ध्क् न्च्इग्ए