प्रमुख समाचार Wednesday, 1 May, 2024
Prestige Media

काठमाडौंमा वायु प्रदूषण बढेसँगै मास्क लगाउन सुझाव

काठमाडौं– स्वास्थ्य मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै मास्क लगाउन सर्वसाधारणलाई सुझाव दिएको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे। विश्वभरको वायु प्रदूषण अवस्था मापन गर्ने ‘वर्ल्ड र्वल्ड एयर क्वालिटी इन्डेक्स–¥याकिङ’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।
‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर गर्नुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ। वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ’, प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन्। यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांकक छ। नेपालमा रुग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन्।
गर्मी समय तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समय अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न÷गराउन मन्त्रालयले अनुरोध गरेको छ। गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL