Exclusive News Thursday, 25 Apr, 2024
Prestige Media

तिब्बतमा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक

काठमाडौं– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक राजधानी ल्हासामा सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो।
दुवै पक्षले यो वर्षको मध्यतिर दुई पटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयन समीक्षा गर्न सहमति जनाएका छन्। बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका महावाणिज्य दूतावासले बताएको छ।
बैठकमा नेपाली पक्षको नेतृत्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए। नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेंकीसँग शिष्टाचार भेट गरेर आर्थिक मामिलामा छलफल भएको थियो। सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समय आगामी महिना आयोजना गरिने भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL