प्रमुख समाचार Wednesday, 10 Apr, 2024
Prestige Media

आजदेखि उपनिर्वाचनको आचारसंहिता

काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम क्षेत्र २ र बझाङको प्रदेशसभा ९क० निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गराइएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचारसंहिताको पालना गर्नुपर्नेछ।
आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।
राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चार माध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्डबमोजिम गर्नुपर्नेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ

लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन आग्रह

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

नेप्सेमा दोहोरो अंकको वृद्धि

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL