प्रमुख समाचार
Wednesday, 10 Apr, 2024
काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा
काठमाडौं– सांस्कृति तथा प्राचीन वैभवले समृद्धशाली संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये पहिलो नम्बरमा परेको छ।
विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौंको हावाको स्तर खराब बन्दै २६४ अंकमा पुगेको छ।
काठमाडौंको हावाको गुणस्तर अत्यन्त अस्वस्थकर बनेको हो। काठमाडौं सहरपछि छिमेकी भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर बनेको छ। बंगलादेशको राजधानी ढाका तेस्रो र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा परेका छन्। पाँचौं स्थानमा इराकको राजधानी बगदाद रहेको छ।