प्रमुख समाचार Friday, 1 Mar, 2024
Prestige Media

डिडिसीमै थन्कियो ठूलो परिमाणमा पाउडर दूध र मख्खन

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ। डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत १ लाख ४० हजार लिटर दुध खरिद गर्दै आए पनि बजारमा दैनिक ९० हजार लिटर मात्र बिक्री हुँदा समस्या देखिएको हो। संस्थानका उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दूध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए।
‘हामीले मासिक ४२ लाख लिटर दूध विभिन्न किसानमार्फत खरिद गर्छौं तर बजारमा बिक्री २७ लाख लिटर हाराहारी मात्र हुन्छ। प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो’, उनले भने। दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ। डिडिसीले गर्मी बढेपछि दहीका बिक्री वितरण बढ्ने अपेक्षा लिएको छ। डिडिसीमा हाल सवा १ अर्ब बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए। उनका अनुसार हाल संस्थानमा ९ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ। संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै उपभोक्तामाझ पु¥याउँदै आएको छ।
दुग्ध विकास संस्थान मातहत मात्रै हाल देशभर ६४ चिस्यान केन्द्र छन्।

डडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृतांश (फ्याट) र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दूधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ। संस्थानले यसरी खरिद गरिएको दूध न्यूनतम प्रतिलिटर ८४ देखि अधिकतम एक सय २४ सम्म बिक्री गर्दै आएको छ। डिडिसीले दही प्रतिलिटर एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो एक हजार ८० मा बिक्री गर्दै आएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL