प्रमुख समाचार Monday, 5 Feb, 2024
Prestige Media

सहरी विकास मन्त्रालयले धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र काटेपछि मेयर बालेन रिसाए

काठमाडौं– काठमाडौं महानगरा मेयर बालेन्द्र शाह ‘बालेन’ ले धरहराको निशुल्क पार्किङ बन्द नहुने बताएका छन्। महानगरले न्युरोड क्षेत्रमा पार्किङ हटाएपछि माघ १४ बाट धरहराको पार्किङ सर्वसाधारणका लागि निःशुल्क खुलाएको थियो।
तर, सहरी विकास मन्त्रालयले माघ १९ मा विज्ञप्ति जारी गर्दै धरहरा निर्माणाधीन रहेकाले तत्काल पार्किङ नगराउन पत्र काटेपछि मेयर बालेनले सर्वसाधारणका लागि खुलाइएको निःशुल्क पार्किङ बन्द नहुने बताएका हुन्।
मन्त्रालयको उक्त भनाइमा महानगरका मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा ‘स्टेटस’ लेख्दै २ वर्ष ९ महिना अघि उद्घाटन भइसकेको धरहराई निर्माणाधीन भन्नुको औचित्य के हो ? भन्दै प्रश्न गरेका छन्।
साथै सर्वसाधारणका लागि खुल्ला गरिएको निशुल्क पार्किङ बन्द नहुने उनले बताएका छन्। ‘पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौं,’ मेयर बालेनले लेखेका छन्, ‘अहिले धेरैको नजर यहाँको पार्किङ ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ। हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं।’
साथै, पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा कामै नसकिई धरहरा उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्नुपर्ने मेयर शाहको भनाइ छ।
तोकिएको समयमा निर्माण सम्पन्न नहुने, भित्तामा नाम लेखाउन निर्माणाधीन आयोजना उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउनुपर्ने उनले सुझाएका छन्। संघीय र प्रदेशसभाले चासो दिएर त्यस्ता नीति बनाउनुपर्ने उनको तर्क छ।
धरहरा निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयले लिएर चाइनिज निर्माण कम्पनी जिआइटिसी र नेपाली रमन कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर पाटन (जेभी) सँग ठेक्का सम्झौता गरेको छ। उद्घाटनको ३ वर्ष हुन लाग्दा धरहराको काम ९५ प्रतिशत मात्रै सम्पन्न भएको छ। त्यस्तै, ७औं पटक म्याद थप भएर निर्माणको काम चलिरहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL