प्रमुख समाचार
Thursday, 4 Jan, 2024
भूकम्पले हल्लियो सिन्धुपाल्चोक
काठमाडौं- सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान १०.१७ मा ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको हो।
यसअघि गत आइतबार राती १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो। सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।







