प्रमुख समाचार
Wednesday, 3 Jan, 2024
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
काठमाडौं– न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद् सचिव रहेका ढकाललाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
यसैगरी सर्वोच्चको रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ। मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।







