प्रमुख समाचार
Wednesday, 27 Dec, 2023
सुरुङ मार्गको ‘ब्रेक थ्रु’
यस अवधिमा थप एक हजार चार सय ८१ मिटरसहित हालसम्म जम्मा पाँच हजार तीन सय ८१ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। नागढुंगा–नौबिसे सुरुङ्गमार्गअन्तर्गत श्रावण २२ मा आपत्कालीन सुरुङको ब्रेक थ्रु भएको थियो। मुख्य सुरुङ मार्गको पनि जोडिने क्रममा रहेको छ।
थप तीन वटा (दाङ, अर्घाखाँची र मनाङ)मा नयाँ सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण कार्य सुरु भई हाल दक्षिण बिन्दुमा क्यानोपीको र उत्तर बिन्दुमा स्लोप स्टेपलाइजेसनको काम जारी छ।







