प्रमुख समाचार Wednesday, 27 Dec, 2023
Prestige Media

यातायात पूर्वाधारले फड्को मारेको सरकारी दाबी, जनतालाई झनै सास्ती

काठमाडौं– मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पु¥याउने विकासका पूर्वाधारमध्ये यातायात क्षेत्र महत्वपूर्ण मानिन्छ। राष्ट्रिय यातायात क्षेत्रको समुचित विकासले मात्रै मुलुकलाई वास्तविक विकासमा परिणत गर्न सकिने यातायात क्षेत्रका विज्ञहरुले बताएका छन्।
सरकारले आर्थिक, सामाजिक विकास, गरिबी निवारण, दिगो शान्तिका लागि पूर्वाधारको विकासमा योगदान पुग्ने गरी स्तरीय, भरपर्दो, सुलभ र सुरक्षित यातायात सञ्चालनमा योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ। सडक, रेल, सुरुङ, जलमार्गजस्ता पूर्वाधारको विकास गरी राष्ट्रिय रणनीतिक यातायात सञ्जालमार्फत देशको विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रलाई एक–अर्कासँग जोड्दै मुलुकको आर्थिक, सामाजिक विकास अभिवृद्धिमा गएको एक वर्ष उल्लेख्य काम भएको छ।
सडक पूर्वाधारले ग्रामीण क्षेत्रलाई स्थानीय बजारसँग आबद्ध गराई पर्यटन, कृषि, विद्युत्, उद्योगलगायत क्षेत्रलाई सहयोग पु¥याउँछ। त्यसैले सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको समुचित विकामा जोड दिँदै आएको छ।

पुस १० मा वर्तमान सरकारको एक वर्ष पुगेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधारमा भएको ढिलासुस्तीलाई कसरी चलायमान गराउन सकिन्छ भनेर आफैं नियमितजसो अनुगमनमा जाने र काम छिटो सक्न निर्देशन दिइरहेका छन्। कतिपय क्षेत्रमा उनले निर्माणका लागि समयसीमै तोकेर आयोजना छिटो सक्न ताकेता गरिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको यो एक वर्षको अवधिमा सडक विभागअन्तर्गत मात्रै कुल आठ सय ३१ किमि कालोपत्रे सडक निर्माण भएको छ।
यस्तै, ६ सय २६ किमी ग्राभेल सडक, एक सय ८६ किमी नयाँ ‘ट्रयाक’ र दुई सय २९ वटा पुल निर्माण सम्पन्न भएको छ। यस अवधिमा कुल दुई सय ३३ किमि सडक कालोपत्रे स्तरमा पुनर्निर्माण तथा स्तरोन्नति भएको छ।
यस अवधिमा जम्मा ५ सय ७७ किमि सडकको आवधिक मर्मतसम्भार कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
यातायात क्षेत्रको सेवा प्रवाहमा सुधार गर्दै यसलाई नागरिकमैत्री, प्रविधिमैत्री र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले ११ बुँदे धुलिखेल यातायात घोषणापत्र जारी गरी कार्यारम्भ गरिएको छ।
नेपालमा उत्पादित सवारी साधनलाई दर्ता गर्न मिल्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गरिएको तथा मन्त्रालयका समग्र कामलाई गुणात्मक परिवर्तनका साथ अगाडि बढाउन र नीतिगत एवं प्रक्रियागत सुधारका प्रयास गरिएको मन्त्री ज्वालाका निजी सचिव रामहरि शर्मा बताउँछन्।
यस अवधिमा पाँच किलोमिटर बढी सुरुङ खनिएको छभने दाङ, अर्घाखाँची र मनाङमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ।
रेलमार्ग, राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनाको काम तीव्र रुपमा अघि बढाइएको छ। सरकारले प्रणालीगत र नीतिगत सुधारका धेरै प्रयास भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा गरेको छ।
मन्त्रालयका अनुसार मेची महाकाली विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डमा सरकार गठनको एक वर्षको अवधिमा थप ८ किमि ट्रयाक–बेड निर्माण भई हालसम्म ६२ किमि ‘ट्रयाक–बेड’ निर्माण सम्पन्न भएको छ।
यस्तै, थप पाँचवटा रेल पुल निर्माण भई हालसम्म १२ वटा रेल पुल निर्माण सम्पन्न भएको छ।
जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग सञ्चालन भइरहेको छ। सो खण्डको ६९ किमिमध्ये जयनगर–जनकपुर–कुर्था ३५ किमि र बिजलपुरासम्म थप १७ किमिसमेत गरी कुल ५२ किमि खण्डमा निर्माण कार्य सम्पन्न भई रेल सेवा सञ्चालनमा रहेको छ।
बथनाहा–विराटनगर रेलमार्ग १८ किमिमध्ये १० किमि रेलमार्ग निर्माण सम्पन्न भएको र नेपाल कस्टम यार्डसम्म कार्गाे रेल सेवा सञ्चालनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
सडक पूर्वाधारमा उल्लेख्य प्रगति
एक वर्षे अवधिमा सडक विभागअन्तर्गत मात्रै कुल ८३१.१ किमि कालोपत्रे सडक निर्माण भएको छ। यस्तै, ६२६.५ किमि ग्राभेल सडक, १८६.०९ किमि नयाँ ट्रयाक र दुई सय २९ वटा पुल निर्माण सम्पन्न भएको छ।
यस अवधिमा कुल दुई सय ३३ किमी सडक कालोपत्रे स्तरमा पुनर्निर्माण तथा स्तरोन्नति भएको साथै यस अवधिमा जम्मा ५७७.२५ किमि सडकको आवधिक मर्मतसम्भार कार्य सम्पन्न भएको छ।
कर्णाली कोरिडोर (खुलालु–सिमकोट–हिल्सा सडक, २६९ किमि) सडकअन्तर्गत चेनेज–सलिसल्ला, कर्णाली नदीमाथि बेलीब्रिज निर्माण सम्पन्न भएको छ।
हाल चेनेज–स्यालतडीसम्म सवारी साधन सञ्चालन भएको छ। चालू आव अन्त्यसम्म चेनेज–सिमकोटसम्म सवारी साधन सञ्चालन हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
बुटवल–गोरुसिंगे–चनौटा सडक स्तरोन्नति काम जारी छ। पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे–चनौटा सडकखण्डको सुपर्भिजन परामर्शदाताको ठेक्का सम्झौता सम्पन्न भएको र निर्माण व्यवसायी छनोट गर्न पुस ५ मा बोलपत्र आह्वान गरिएको छ।
लौकही–काँकरभिट्टा सडक खण्ड (९५ किमि) चार लेनमा स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL