प्रमुख समाचार Wednesday, 18 Oct, 2023
Prestige Media

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ।मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।

विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ।अस्पताल विस्फोटलाई इजरायल-हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।

इजरायलले गाजा क्षेत्रमा हवाइ हमला थालेपछि अस्पतालमा हजारौं नागरिकहरू आश्रय लिएर बसेका कारण मृतकको संख्या धेरै हुनसक्ने आकलन  गरिएको छ।

बुधबार बिहानसम्म भग्नावशेषबाट शवहरू निकाल्ने क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ।इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका छन्। हमासले इजरायलमाथि युद्ध नियमविपरित अस्पतालमा हवाइ आक्रमण गरेको आरोप लगाएको छ।

इजरायलले भने हमासकै रकेट प्रहार असफल हुँदा अस्पतालमा विस्फोट भएको बताएको छ।घटनाको विभिन्न मुलुकहरूले निन्दासमेत गरेका छन्।प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले पनि उक्त घटनाबारे कडा शब्दमा निन्दा गर्दै इजरायलले सबै हद पार गरेको बताएका छन्।

अस्पतालमा आक्रमण हुनुपूर्व नै गाजामा तीन हजार मानिसहरूको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।इजरायलमा पनि कम्तिमा १ हजार ३ सय मानिसहरूको मृत्यु भएको बताइएको छ भने हमासले इजरायलबाट २०० जनालाई बन्धक बनाएर गाजामा राखेको रोयटर्सले उल्लेख गरेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

माओवादीका पूर्वलडाकु यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने कुरा गलतः रक्षामन्त्री खड्का

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग चार सदस्यीय समिति गठन

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

काठमाडौंका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा लगिने

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

इरानी मानव अधिरकारकर्मी नार्गेस मोहम्मादीले पाइन् यस वर्षको नोबेल पुरस्कार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL