Breaking News Friday, 8 Sep, 2023
Prestige Media

आईसीसी महिला टी–२०: थाइल्यान्डसँग सेमिफाइलनमा हार्यो नेपाल

काठमाडौं– नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ।आज बिहान भएको पहिलो सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो।

नेपाल सन् २०१३ देखि भइरहेको ग्लोबल छनोट प्रतियोगितामा हालसम्म पुग्न सकेको छैन।समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर सेमिफाइनल पुगेको नेपाल थाइल्यान्डसँग पराजित भएको हो।

आजको खेलमा थाइल्यान्डलाई हराउन सकेको भए नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुग्ने थियो।थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बल अगावै ५९ रनमा अलआउट भयो।खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै ३ विकेट गुमाउँदा ३ रन बनायो।
कविता कुँवरले बनाएको अविजित १७ रन नै नेपालमा लागि सर्वाधिक रह्यो।

त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो।नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिइन्।

नेपाललाई हराउँदै फाइनलमा स्थान बनाएसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।आजको खेलमा नेपाली टोलीको बलिङ र ब्याटिङ दुवै फितलो देखियो।थाइल्यान्डकी बलर ओनिचा कामचोमफु र थिपातचा पुथ्थावङले तीन–तीन विकेट लिए।

नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो।समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले भुटानमाथि तीन विकेटको जित हासिल गरेको थियो भने चौथो खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको थियो।

नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पाँचौं खेल वर्षाका कारण रद्द भएको थियो। समूह ‘ए’ बाट ९ अंकसहित यूएई पहिलो र समान अंक जोडेको नेपाल दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL