Breaking News Thursday, 31 Aug, 2023
Prestige Media

आइसीसी महिला टी–२०ः नेपालले मलेसियालाई ५ रनले हरायो

काठामाडौं– नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले अविजित ३८ रनको योगदान गरिन्। उनले ५४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन्। अप्सरी बेगमले १७ रन बनाइन्। लामो समय क्रिजमा टिकेकी उनले ३८ बलको सामना गरी एक चौका हिर्काएकी थिइन्।
कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्। उनले केवल १३ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन्।

अरू खेलाडीले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन्। ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दू बर्मा शून्य रनमै पेभेलियन फर्किए। पूजा महतोले पाँच रन बनाइन्।

कविता जोशीले पनि टोलीको खातामा पाँच रन थपिन्। नेपालले अतिरिक्त रुपमा सात रन पाएको थियो। मलेसियाका लागि आइना हमिजाह हासिमले दुई विकेट लिइन्। माहिराह इजाती स्माइल, आइस्या एलिसा र निक नुर एटेलाले एक—एक विकेट लिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL