Uncategorized Monday, 14 Aug, 2023
Prestige Media

पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं–पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालनमा ल्याइएको हो ।

स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ। राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ ।आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।

शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो। शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुंगा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो ।राती नै ढुंगा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसो मात्रै राजमार्ग दुईतर्फी भएको थियो ।

आइतबार बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घन्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो ।वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ। शुक्रबार मात्रै कन्टारमा सडक भाँसिएर चार घन्टा राजमार्ग अवरुद्ध भएको थियो ।

त्यसअघि गत मंगलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

रोकियो ‘स्मार्ट’चालक अनुमतिपत्र छपाइ

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

हेटौंडामा समाजवादी मोर्चाको सन्देशसभा हुँदै

वर्ष दिनमा भित्रियो १२ खर्ब साढे २० अर्ब रेमिट्यान्स

पोखराबाट विद्यालय पोसाकमै हराए तीन बालिका

प्रधानमन्त्री प्रचण्ड इटली भ्रमण जाने

सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट, एक पक्राउ

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रिय सभा बैठक अवरूद्ध

रूसमा अज्ञात समूहबाट कुटिइन् पत्रकार

सहकारीलाई ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न काठमाडौं महानगरको निर्देशन

हेवाखोलामा फेरि बाढी, मेची राजमार्ग अवरूद्ध

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL