खेलकुद Wednesday, 19 Jul, 2023
Prestige Media

यूएई ‘ए’ नेपालसँग ३ विकेटले पराजित

काठमाण्डाै। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जाेराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ र दाेस्राे खेलमा भारत ‘ए’ सँग पराजित भएकाे थियाे ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL