प्रमुख समाचार
Thursday, 15 Jun, 2023
वानएक्स बेट विज्ञापन गरेको बल्छी ध्रुवेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।युट्युबमार्फत विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गरिएको भन्दै कार्यालयले अपरेसन शुरु गरेको थियो ।
प्रहरीको अपरेसन अन्तरगत बुधवारमात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।