प्रविधि
Monday, 12 Jun, 2023
निजामती कर्मचारीलाई टिकटक बनाउन रोक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ।
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।
पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।







