Breaking News
Sunday, 27 Nov, 2022
अब पनि गठबन्धनकै सरकार :गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।
रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए।
उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताए।
‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’







