Breaking News Sunday, 16 Oct, 2022
Prestige Media

टी–२० विश्वकप सुरु, पहिलो खेलमा श्रीलंका नामिबियासँग पराजित

टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो

एजेन्सी
काठमाडौं– अस्ट्रेलियामा आठौं संस्करणको टी–२० विश्वकप सुरु भएको छ । १६ टोली सहभागी हुने प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरणअन्तर्गत आज समूह ‘ए’का दुई खेल हुनेछन् ।श्रीलंका र नामिबियाबीच भएको पहिलो खेलमा एसिया कप विजेता श्रीलंकाले पराजय बेहोरेको छ ।

टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो।१६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो । श्रीलंकाका लागि दासुन सानाकाले सर्वाधिक २९ रन बनाए ।यस्तै, भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले १२ र महेश तेक्षेणाले ११ रन बनाए । बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकालाई सस्तैमा रोक्न नामिबियाका डेभिड वाइज, बनार्ड स्कोल्टज, बेन शिकागो र यान फ्रायलिंकले २–२ विकेट लिए । जेजे स्मिटले १ विकेट हात पारे ।त्यसअघि सायमन्ड स्टेडियम जिलाङ्समा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।उसका लागि यान फ्रायलिंकले सर्वाधिक ४४ रन बनाएका थिए । स्टेफन बर्डले २६ रन बनाउँदा यान निकोल र कप्तान एरार्ड इरास्मसले २०–२० रन बनाए

श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करुणारत्ने र वाइन्डु हसरंगाले १–१ विकेट लिए । दोस्रो खेल नेदरल्यान्ड र युएईबीच भइरहेको छ ।पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। समूह बीमा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन्।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेल हुनेछन् । सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बीको उपविजेता हुनेछन् ।सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बीको विजेता र समूह एको उपविजेता हुनेछन् ।

सुपर १२ मा दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । टी२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनिसकेका छन् । दुई पटक विश्वकप जित्ने एक मात्र टोली वेस्टइन्डिज हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL