Breaking News Friday, 30 Sep, 2022
Prestige Media

कांग्रेसभित्र विद्रोह आवश्यक भइसक्यो : महामन्त्री गगन थापा

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो।

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गुनासाका स्वरहरू बाक्लिँदै गएकाले शुद्धीकरण गर्न विद्रोह आवश्यक देखिएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो ।१४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा चुनिएका थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको स्वीकारे । यसका लागि पार्टीमा नयाँ विद्रोह आवश्यक देखिएको उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र ठूलो असन्तुष्टि छ । यसका लागि पार्टीभित्र शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ ।’चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरू पार्टीजस्ता नरहेको थापाले बताए। उनले भने, कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यो उद्देश्यमा अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो ।’

कांग्रेस र आफूप्रति भरोसा गरेर पार्टी प्रवेश गरेका युवाको भावनालाई मर्न नदिइने प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा करिब ५०० जना कांग्रेस प्रवेश गरे।सरकार पार्टी विशेषको नभई जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो छ।

उनले भने, यत्रो महामारी (डेंगु) फैलिइसक्यो। चाडवाडको बेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाय खोज्नुपर्छ । तर त्यतातिर सरकारको ध्यान गएको देखिएन ।’

महामन्त्री थापाले सत्ता र चुनाव गौण विषय भएको र जनताप्रति उत्तरदायी जनप्रतिनिधि निर्वाचनबाट चुनिएर आउनुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL