Breaking News Monday, 4 Apr, 2022
Prestige Media

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो । ​ पीएनजीका लागि लागि सेसे बाउले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

यसअघि नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पार्यो । पीएनजीका लेगा सिकालाई करण केसीले ८ रनमा क्याच आउट गराए  । त्यसपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पाँचौँ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई सफलता दिलाए ।

तेस्रो बलमा दीपेन्द्रले असाड भाललाई ८ रनमा एलबीडब्लू आउट गराए । चौथो बलमा टोनी उरालाई खाता नखोल्दै क्याच आउट गराए । ​पीएनजीले १२औँ ओभरको तेस्रो र चौथो बलमा आफ्नो दुई विकेट गुमायो । नेपालका कप्तान सन्दीप लामिछानेले उरिले हेकुरेलाई ६ रन र नोरमान भानुवानलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए ।  

त्यस्तै नेपालका लागि करण केसीले १६ औँ ओभरको दोस्रो र अन्तिम बलमा दुई विकेट लिए । १७औँ ओभरको पहिलो बलमा रन आउट हुँदा नेपालले उपाधि जित्यो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५४ रन बनाए । दीपेन्द्रले योसँगै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।  नेपालका लागि करण केसीले ३३ रन बनाए । १२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि नेपालले पाँचौँ ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई पीएनजीका कबुआ मोरेवाले २५ रनमा क्याच आउट गराए। रोहित कुमार पौड्यल नेपालको दोस्रो विकेटको रुपमा पेवेलियन फर्किए । रोहितलाई रिने हेकुरेले २ रनमा क्याच आउट गराए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL