प्रविधि Tuesday, 22 Mar, 2022
Prestige Media

आइफोनमा देखियो नयाँ समस्या, ब्याट्री चार्ज छिटै रित्तिने

एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५.४ लञ्च गरेको छ । आइओएस १५.४ मा प्रयोगकर्ताले मास्क लगाएरै फेस आइडीबाट आइफोन अनलक गर्न सक्ने फिचर उपलब्ध छ । यद्यपि यो अपरेटिङ सिस्टमको यो अपडेटपछि धेरै प्रयोगकर्ताले समस्या भोगिरहेका छन् ।

प्रयोगकर्ताहरूले आइओएस १५.४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको गुनासो गरेका छन् । ट्वीटरमा आइफोन प्रयोगकर्ताका गुनासाहरुको बाढी नै आएको छ ।

ट्वीटरमा प्रयोगकर्ताले गरेका गुनासा अनुसार आइओस १५.४ अपडेट पश्चात् आइफोनको ब्याट्री लाइफ अत्यन्तै कम भएको छ । ब्याट्रीको चार्ज १० मिनेटमै ५ प्रतिशतले घट्ने गरेको छ । एक आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताका अनुसार उनको आइफोनको ब्याट्री आधा दिनमै आधाजसो रित्तिने गरेको छ ।

क्तिपय प्रयोगकर्ताहरूका अनुसार आइफोनमा ९६/९७ प्रतिशतसम्म चार्ज गरेर प्लग निकालेपछि शतप्रतिशत चार्ज भएको देखाउने गरेको छ । तर ५ मिनेटपछि आइफोन रिस्टार्ट गर्दा ब्याट्री चार्ज तीव्र गतिमा घटेको हुन्छ ।

आइफोन अपरेटिङ सिस्टममा नयाँ अपडेटसँगै देखा परेको ब्याट्री लाइफको यो समस्यका विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

आइओएस १५.४ को अपेट आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिज, आइफोन एक्स सिरिज, आइफोन ८, आइफोन ८ प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन ६ एस, आइफोन ६ एस प्लस र आइफोन एस इ मा उपलब्ध छ । त्यस्तै आइप्याड टचमा पनि यो अपडेट उपलब्ध छ ।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL