प्रवास Friday, 25 Feb, 2022
Prestige Media

‘पुटिन हत्यारा हुन्’ भन्दै रुसमा विरोध प्रदर्शन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो ।

विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए ।

‘पुटिन हत्यारा हुन् ! पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद !’

‘यो युद्ध कति लम्बिने भन्ने कुरा चिठ्ठा जस्तै हो’ एक प्रदर्शनकारीले भने, ‘यी व्यक्ति (पुटिन) ले अब के गर्छन् भनेर कसैले अनुमान गर्न सक्दैन ।’

लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।

‘मसँग कुनै शब्द छैन, यसलाई घृणितमात्रै भन्न सकिन्छ’, सेन्ट पिटर्सबर्गको जुलुसमा सहभागी एक युवतीले अलजजिरासँग भनेकी छन्, ‘भन्ने कुरा के नै बाँकी रह्यो र ? हामीले निरिह र पीडाको महसुस गरेका छौं ।’ त्यस्तै, एक महिलाले युक्रेनको झण्डाको रंगमा सजिएका बेलुनसहित विरोधमा सहभागी भएकी थिइन् ।

रुसमा पुटिनविरुद्ध बिरलै प्रदर्शन हुने गर्छ । बिहीबारको प्रदर्शनले पछिल्लो परिस्थितिमा खासै परिवर्तन नहुने भए पनि यसले कतिपयलाई राहत दिएको छ । ‘मलाई यहाँ आउँदा कुनै लाज लागेको छैन’, एक पुरुषले भने, ‘आज बिहानको कुरा सुनेपछि भने निकै लाज लागेको थियो ।’

‘युक्रेन हाम्रो दुस्मन  होइन’ भनेर नाराबाजी भइरहेका बेला प्रहरीले भने लाउड स्पिकरमा प्रदर्शनकारीलाई पक्राउ एवं कारबाही गरिने भन्दै वरपर हिडिरहेको थियो । सोही क्रममा प्रहरीले सैयौंलाई पक्राउ समेत गरेको समाचारमा उल्लेख छ ।

यसैबीच, मस्को, सेन्ट पिटर्सबर्ग, सामरा लगायतका शहरका नगर उप-प्रमुखले रुसी नागरिकलाई खुला पत्र लेख्दै युद्धमा सहभागी नहुन वा कुनै टिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘जनताबाट चुनिएका हामी उप-प्रमुखले युक्रेनमा रुसी सेनाले गरेको हमलाको कडा भर्त्सना गर्छौं’, उक्त पत्रमा लेखिएको छ, ‘यो एउटा यस्तो असमान अत्याचार हो जसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

बसाइँसराइ असरबारे नीतिगत बहस चलाउन आग्रह

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

बौद्धिक पलायनको भयावह अवस्था रोक्न प्रधानमन्त्रीको आग्रह

शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने विद्यार्थीलाई स्वेदशमै रोक्न प्रधानमन्त्रीको आग्रह

भरतपुर भ्रमण वर्षले ‘भरतपुर ब्रान्ड’ स्थापित गर्ने मेयर दाहालको दाबी

भिजिट भिसामा कडाइ, गृहले जारी ग¥यो १३ बुँदे निर्देशन

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL