एनसेलकोे ‘दामी क्यासब्याक’ योजना
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ ।
योजनामा ग्राहकले ५० र १ सय रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएभन्दा बढी मेन ब्यालेन्स दिनेछ । योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तीमा ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्नेछन्, जुन हाल पाइरहेको ४९ रुपैयाँ २ पैसाभन्दा बढी हो ।
त्यसैगरी १ सय रुपैयाँको रिचार्जमा विद्यमान ९८ रुपैयाँ ४ पैसाभन्दा बढी अर्थात् १ सय २ रुपैयाँ मेन ब्यालेन्स पाइनेछ । पुस ५ गतेबाट लागू भएको योजना १५ दिनसम्म सञ्चालनमा रहनेछ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रूपमा प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने योजनाको प्रमुख विशेषता हो ।
५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १ सय रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । १ सय रिचार्ज गर्नेले २ सय रुपैयाँसम्म मेन ब्यालेन्स पाउने कम्पनीले जानकारी दिएको छ ।







