Breaking News Wednesday, 16 Dec, 2020
Prestige Media

१० पुसदेखि खुल्ने भए सिनेमा घर

नेपाल चलचित्र संघले आउँदो १० पुसदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ ।
संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाई चलचित्र घर सञ्चालन गर्ने बताएको हो ।
सरकारसँग पटक–पटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
संघले विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ । संघले हवाई, बस व्यवसाय, होटल, रेस्टुराँ, मन्दिरलगायत सबै क्षेत्र पूर्ण रुपमा सञ्चालन भइसके पनि सिनेमा घर सञ्चालनका लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ ।
संघले १० पुसदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीको भन्सार महसुल छुट हुनुपर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ ।
सरकारले ९ महिनापछि फिल्म छायाकन फुकुवा गरेको छ । सोमबार फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसै साता पत्रकार सम्मेलनबाट छायाँकन खुलाउने बताएका हुन् ।
संघका अध्यक्ष अधिकारीले दुई मन्त्रीसँगको भेटका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै छायाँकन स्थल खुल्ला गरिन लागेको बारे जानकारी गराएका हुन् । फिल्म हल भने सरोकारवाला संघसंस्थासँग छलफल गरेर मात्र खोल्ने जानकारी प्राप्त भएको बताए । फिल्मकर्मीले माग राख्दै आएको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचीकृत गर्नेमा पनि सहमती भएको अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटमा अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL