Breaking News Wednesday, 16 Dec, 2020
Prestige Media

१० पुसदेखि खुल्ने भए सिनेमा घर

नेपाल चलचित्र संघले आउँदो १० पुसदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ ।
संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाई चलचित्र घर सञ्चालन गर्ने बताएको हो ।
सरकारसँग पटक–पटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
संघले विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ । संघले हवाई, बस व्यवसाय, होटल, रेस्टुराँ, मन्दिरलगायत सबै क्षेत्र पूर्ण रुपमा सञ्चालन भइसके पनि सिनेमा घर सञ्चालनका लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ ।
संघले १० पुसदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीको भन्सार महसुल छुट हुनुपर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ ।
सरकारले ९ महिनापछि फिल्म छायाकन फुकुवा गरेको छ । सोमबार फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसै साता पत्रकार सम्मेलनबाट छायाँकन खुलाउने बताएका हुन् ।
संघका अध्यक्ष अधिकारीले दुई मन्त्रीसँगको भेटका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै छायाँकन स्थल खुल्ला गरिन लागेको बारे जानकारी गराएका हुन् । फिल्म हल भने सरोकारवाला संघसंस्थासँग छलफल गरेर मात्र खोल्ने जानकारी प्राप्त भएको बताए । फिल्मकर्मीले माग राख्दै आएको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचीकृत गर्नेमा पनि सहमती भएको अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटमा अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL