Breaking News Thursday, 26 Nov, 2020
Prestige Media

अस्ताए फुटबलका जादूगर म्याराडोना

एजेन्सी
अर्जेन्टिनालाई फुटबलबाट विश्वभर परिचित गराएका खेलाडी डिएगो म्याराडोनाको बुधबार निधन भएको अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । ६० वर्षका म्याराडोनाले निधन भएको थियो ।
म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा राखिएको छ भने त्यहाँ तीन दिनसम्म मानिसले श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
म्याराडोनाका टिमका साथी ओहवाल्दो अर्बिलेसले जति मानसम्मान र प्रशंसा म्याराडोनाले पाए, त्यति आजका फुटबलका सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि नपाएको बताएका छन् ।
फुटबल जगत्का थुप्रै हस्तीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन् । यीमध्ये मेस्सी, रोनाल्डोदेखि ब्राजिलका महान् खेलाडी पेलेसमेत छन् ।
पेलेले श्रद्धाञ्जलीमा भने, ‘मैले एक नजिकका साथीलाई गुमाएको छु र संसारले एक महान् खेलाडी गुमाएको छ । मलाई आशा छ, एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’

म्यान्चेस्टर सिटीका म्यानेजर पेप गुआर्डियेलोले म्याराडोनाले विश्व फुटबललाई थप उत्कृष्ट बनाएको बताएका छन् ।
अर्बिलेसले बीबीसीसँगको कुराकानीमा भने, ‘म्याराडोना असाध्यै उत्कृष्ट थिए । तर, उनले त्यति सजिलै यी सब हासिल गरेका होइनन् । जीवनको सुरुवाती दिन म्याराडोनाका लागि निकै कठिन थिए । उनको बाल्यकाल कुनै साधारण बच्चाको जस्तो थिएन र किशोरावस्था पनि सामान्य थिएन । जो कोही उनीसँग हुन चाहन्थे, जो पनि उनी आफूलाई जोड्न चाहन्थे र यो सबै निकै मुस्किलले भरिएको थियो ।’
अर्बिलेसका अनुसार मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई रुचाउन् वा अर्जेन्टिनाका फरवर्ड मेस्सीलाई मन पराउन् तर उनीहरु म्याराडोनाले पाएको सफलता सपनामा पनि पाउन सक्दैनन् । म्याराडोनाको चमत्कार सदावहार छ ।

अहिले म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ । स्थानीय समयानुसार म्याराडोनाको निधन बुधबार दिउँसो ब्युनसआयर्सको टाइगर सहरस्थित उनको घरमा भएको हो ।
म्याराडोनाको यो महिनाको सुरुमा मस्तिष्कबाट जमेको रगत निकाल्ने सफल शल्यक्रिया भएको थियो । रक्सीको लतबाट मुक्तिका लागि पनि उनको उपचार चलिरहेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL