Exclusive News Monday, 23 Nov, 2020
Prestige Media

नेपाल आउँदै भारतीय विदेश सचिव

भारतको सीमा अतिक्रमणको विवादले दुई मुलुकबीचको सम्बन्ध चिसो भइरहेका बेला भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले आउँदो ११ र १२ मंसिरमा दुईदिने नेपाल भ्रमण गर्ने भएका छन् ।
पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको हो ।
मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।
भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरूमा वार्ता गर्नेछन् । सोही दिन श्रींगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले प्रेसविज्ञप्ति प्रकाशित गरेर विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरूसँग भेटघाट गर्नेछन् । भेटमा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रबारे कुराकानी हुनेछ ।’
भारतीय विदेश मन्त्रालयले यो परम्परादेखि उच्च तहमा हुँदै आएको भ्रमण आदान–प्रदान र भारतको नेपालसँगको उच्च सम्बन्धको निरन्तरता भएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘भारत र नेपालको बीचमा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । पछिल्लो समयमा दुईपक्षीय सम्बन्ध सुदृढ भएको छ । भारतको सहयोगमा धेरै पूर्वाधार र सीमापार परियोजना सञ्चालन भइरहेका छन् ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL