Exclusive News Tuesday, 8 Sep, 2020
Prestige Media

पर्यटन क्षेत्र लयमा फर्किन पाँच वर्ष लाग्ने

कोरोना संक्रमणका कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने सरोकारवालाहरूले बताएका छन् ।
कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहसअन्र्तगत पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा सहभागीहरूले यस्तो बताएका हुन् ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको उनको भनाइ छ ।
‘अब मास टुरिजमको एरा गयो,’ पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विशेष रुचिको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिन्छ ।’
उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।
नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि के–के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उनको भनाइ थियो । पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।
भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भए पनि यसपालिको समस्या भने केही फरक रहेकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनको तर्क थियो ।
व्यवसाय खुलेपछि प्रसार–प्रचार गर्ने बेला पनि यही भएको र सोही आधारमा यति मात्रै पर्यटक ल्याउँछौँ भनेर बजार व्यवस्थापनमा जान सकिने उनको धारणा थियो ।
कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए । सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।
त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले जानकारी दिए ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि उपयुक्त प्याकेज ल्याए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
पर्यटन वर्ष–२०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए । ‘२०२४÷२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ संयोजक शाक्यले भने ।
पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वय आवश्यक पर्नेमा शाक्यले जोड दिए । पर्यटक भित्र्याउन विमानस्थलको सम्पुर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको संयोजक शाक्यको भनाइ छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL