Exclusive News Saturday, 5 Sep, 2020
Prestige Media

अबदेखि घरबाटै पढाइ

कोरोना महामारीका कारण तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकाले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिकाइ निरन्तरता दिन लागेको हो ।
यो शैक्षिक सत्रको साढे चार महिना सकिइसकेको छ । यस्तो अवस्थामा शैक्षिक सत्र खेर जान नदिई कसरी पठनपाठन गरिन्छ ?
शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला र भर्चुअल कक्षा गरी चारवटै तरिकाबाट वैकल्पिक शिक्षा सञ्चालन भइरहेका छन् ।
सुगमदेखि दुर्गमसम्मका विद्यार्थीले घर नै शिक्षालय वा घरमै बसेर वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठन सुरु भइसकेकाले त्यसैलाई निरन्तरता दिने शिक्षा मन्त्रालयको तयारी छ ।
अहिले विद्यार्थी विद्यालय आउने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीकहाँ पुग्नुपर्ने मन्त्री पोखरेल तर्क गर्छन् ।
‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिनेमध्ये कुन–कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनुपर्छ,’ उनले भने ।
शिक्षकहरूले टेलिफोनबाट विद्यार्थीको नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
अनलाइन कक्षालगायतलाई मान्यता दिन र त्यसको पनि क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेको छ ।
‘कोरोना महामारी अवधिभर वैकल्पिक विधिबाट पठनपाठन नै मूल प्रणालीको रूपमा विकास गर्न हामी लागेका छौं,’ शिक्षामन्त्री पोखरेलले भने ।
अहिलेको अवस्थामा पाठ्यक्रमलाई यथावत रूपमा अगाडि बढाउन कठिन हुने देखिएकाले पाठ्यक्रम संश्लेषण गर्न लागिएको उनले जानकारी दिए ।
‘यथावत रूपमा पाठ्यक्रमलाई अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रम संश्लेषण गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रम संश्लेषित गरिन्छ । भदौभित्र संश्लेषित गरेको पाठ्यक्रम उपलब्ध हुन्छ ।’
विद्यालयभन्दा बाहिर जिल्ला रहेका शिक्षकलाई विद्यालय जान मन्त्रालयको आग्रह छ ।
प्रशासनबाट विद्यालय जानसम्मका लागि समन्वयको व्यवस्था हुने, सम्बन्धित विद्यालय गइसकेपछि १४ दिन क्वारेन्टाइन बस्न र आवश्यक परे पिसीआर परीक्षणको व्यवस्थासमेत हुने मन्त्री पोखरेल बताउँछन् ।
स्थानीय तहले विद्यालय र शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरूको व्यवस्था गरी वैकल्पिक सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलले बताए ।
हाल करिब ९० लाख विद्यार्थीहरू नियमित पठनपाठनबाट वञ्चित छन् । पठनपाठन सुचारु हुन नसक्दा उनीहरूमा अन्योल छाएको छ भने आप्mना बालबच्चाको शिक्षाप्रति अभिभावकको चिन्ता बढ्दै गएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL