Exclusive News Thursday, 3 Sep, 2020
Prestige Media

बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्ने

आगामी तीन वर्षभित्र पुग्ने ६ हजार मेगावाट विद्युत् उत्पादनको बजार नखोजिए बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने
तथ्यांक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सार्वजनिक गरेको छ । इपानका उपाध्यक्ष आशीष गर्गले हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन तीन वर्षभित्र ६ हजार पुग्ने र बजार नपाए बिजुली खेर जाने अवस्था आउने दाबी गरेका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) आयोजना गरेको अर्थनीति बहसअन्तर्गत आयोजित ऊर्जा व्यापारसम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरे ।
आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिलेको विद्युत् खपतको अवस्था र तत्काल धेरै विद्युत् खपत गर्ने गरी औद्योगिकीकरण नहुने अवस्थाले अबको तीन वर्षमा विद्युत् माग १७÷१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन’, गर्गले भने, ‘अहिलेको अवस्थाले चालू वर्षमा १ हजार, अर्को वर्ष २ हजार र तेस्रो वर्ष कम्तीमा १ हजार ५ सय मेगावाटभन्दा बढी गरी तीन वर्षभित्र झन्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके ४ हजार मेगावाट विद्युत् खेर जान्छ ।’
उनले गत चैतमा रातीको समय दुई सय मेगावाट विद्युत खेर गएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको बताउँदै आगामी वर्षको बर्खामा खेर जाने बिजुलीको परिणाम बढ्दै जाने दाबी गर्छन् ।
विद्युत खेर जाँदा ऋण लगानी गर्ने बैक, स्वँपुजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने भएकाले सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत व्यापारको अवस्था रहेको रहेको गर्गको भनाइ छ ।
चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेपनि त्यो निर्माण हुन पाँच वर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारण लाइनमा बिजुली लैजानुपर्ने भएकोले विद्युत व्यापार कठिन रहेको उनले दाबी गरे ।
यस्तै, बंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको उनको तर्क छ । उनी भन्छन्, ‘बंगलादेश, म्यानमारजस्ता देशमा बिजुली बेच्न पनि भारतको स्वीकृत चाहिन्छ, केही वर्षका लागि भारत नै हाम्रो मुख्य बजार हो, बेच्न तत्काल पहल गर्नुपर्छ । यदि पहल भएन भने जलविद्युत्का लगानीकर्ताका लागि मात्र देशकै अर्थतन्त्रमा गम्भीर संकलन आइलाग्छ ।’
विद्युत बेच्नका लागि पहिलो अन्तरदेशीय प्रसारण लाइन बनिसकेकाले १ हजार मेगावाटसम्म तत्काल निर्यात गर्न सकिने तथा अहिले निर्माण अघि बढेको ३ हजार मेगावाटसम्म निर्यात गर्न सकिने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणपछि धेरै सहज हुने गर्गले जानकारी दिए ।
निःशुल्क विद्युतीय चुल्हो वितरण, विद्युती सवारी साधनमा प्रोत्साहन दिएर विद्युत्को खपत बढाउन सकिने भए पनि दुवैमा सरकारले कर बढाएकाले खपत बढ्ने अवस्था कम रहेको उद्यमीहरुको भनाइ छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL