मनोरञ्जन
Tuesday, 22 May, 2018
‘अमेरिका ब्वाईज’को दोश्रो गीत रिलीज (भिडियो)
जेठ १८ गतेदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अमेरिका ब्वाईज’को दोश्रो गीत सार्वजनिक भएको छ । जयन कुमार वाईबाको संगीतमा रहेको ‘मेरो ध्यान नै तिमीमा’ बोलको गीतमा संगीतकार वाईबाको साथमा रोशन थापा र सुरज सिंह ठकुरीको स्वर छ ।
प्रवेश पौडेल निर्देशित चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । विवेक पाण्डेको कथा, पटकथा र संबाद रहेको चलचित्रमा सुनिल क्षेत्री (नेपाली ठिटोज) को नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ ।







