मनोरञ्जन Thursday, 3 May, 2018
Prestige Media

फुटबल दर्शक “क्याप्टेनका कलाकार”

एपीएफ र मनाङ– मर्स्याङ्दीको अन्तिम सेमिफाइनल खेलपछि माई भ्याली गोल्डकपमा त्यो दिन कुनै प्रतिस्पर्धा थिएन । तर सदरमुकामकाम इलाम बजारको पुछारमा रहेको टुँडिखेलमा त्यो दिन पनि दर्शकको चाप देखियो । आयोजक, सञ्चारकर्मी, दर्शक सबै भेलिए । आयोजकको सेडुलमा कुनै खेल नभए पनि जमघटको कारण थियो ‘क्याप्टेन’ फिल्मको सुटिङ ।

मनाङ–मर्स्याङ्दीको जर्सीमा सजिएका नायक अनमोल केसी र भुवन केसी, सरोज खनालसहित कलाकारहरूको व्यस्तता हेर्न फुटबलमा रुमलिएका इलामेली पुगेका थिए ।

माई भ्याली फुटबल क्लबका खेलाडीले पनि फुटबलरको भूमिकामा अभिनय गर्न अवसर पाएको ‘क्याप्टेन’ ले इलामेलीहरूको फुटबल मोहलाई थपक्कै फिल्मीकरण गरेको छ । सोमबार करिब १२ हजार दर्शकमाझ नेपाली फुटबलका महारथि क्लब भिड्ने तयारी हुँदै गर्दा भुवन केसीले धेरै समय थ्रीस्टारको प्लेयर बक्समा बिताए । क्यामेरा युनिट मनाङ–मस्र्याङ्दीको प्लेयर बक्स आसपास दर्शकको हुटिङ कैद गर्न व्यस्त थियो ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रमुख अतिथि रहेको कार्यक्रममा भुवन, सरोज, अनमोललगायत कलाकारलाई अतिथि आसनग्रहणमा निम्त्याइयो । आयोजकको सद्भाव र सम्मान थेग्न व्यस्त उनीहरूलाई नजिकैको क्यामेराले कैद गरिरहेकै थियो । स्टेजको अघिल्लो भागमा बसेका सरोज प्रतिस्पर्धाको रौनकमा जोसिँदै त कहिले निराश मुद्रामा देखिन्थे ।

धेरैले उनीहरूको स्टेज आसन र भूमिकालाई वास्तविक दृश्यमा जोडिरहेका थिए । तर भुवन आफ्नै तालले खेलको मजा लिइरहँदा सरोजको उत्तेजना भने वास्तविक फुटबल प्रतियोगिताको आवेगभन्दा फिल्मको कथावस्तुअनुसार अभिनय गरेको लख काट्न मुस्किल थिएन ।

फुटबललाई संस्कृति मान्ने इलामेलीमाझ ‘क्याप्टेन’ को सुटिङ चियाबारीबीचको टुँडिखेलमा उर्लिएका दर्शकको हुटिङ र होहल्लाले थप सान्दर्भिक देखियो ।

नेपालमा फुटबल खेलको अवस्था र भविष्यलाई कथावस्तुमा समेटिएको यो फिल्म पूर्णरूपमा खेलाडीको वास्तविकता नजिक रहेर बनाइने निर्माता भुवनले बताए । ‘समाजमा सेलेब्रिटी देखिए पनि खेलाडीको यथार्थ र भविष्यलाई केलाएर पहिलो पटक फुटबललाई केन्द्रित फिल्म बनाउन लागेका छौं,’ उनले भने, ‘हरेक नेपालीको रगतमा भिजेको फुटबलको अवस्था बुझ्दै नयाँ पुस्तालाई अवसर दिन फिल्मले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

कथाअनुसार बावुको भूमिकामा रहेका सरोज जीवनभर फुटबल खेलेर पनि परिवार धान्न नसकेपछि बिदेसिन्छन् । पछि विदेशबाट फर्किएर छोरा अनमोललाई निराश बनाउनुको सट्टा फुटबलबाट स्वर्णिम भविष्य निर्माण हुने सपना देखाउँछन् । १७ वर्ष अमेरिका बासपछि डेढ वर्षअघि फर्किएका सरोजले यो अवधिमा दर्जन फिल्ममा अभिनय गर्न भ्याएका छन् । तर इलामेली फुटबल दर्शकलाई समेट्दै बन्ने क्याप्टेनलाई विशेष मानेको सरोजको भनाइ छ । ‘क्याप्टेन’ मा उपासना सिंह ठकुरी र प्रियंका एमबी नायिकाका रूपमा हुनेछन् ।

भुवनले दिवाकर भट्टराई निर्देशित यो फिल्ममा अभिनय गरेका छैनन् । ‘आफू सुहाउँदो रोल नभएकाले पर्दामा देखिन्नँ,’ उनले भने, ‘अनमोलको लागि भने उपयुक्त भूमिका छ ।’

साभार;कान्तिपुर 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL