प्रवास Wednesday, 18 Apr, 2018
Prestige Media

बेलायती राजकुमार ह्यारी र मेगानको बिहेमा गोर्खाहरुलाई विशेष निम्तो

लन्डन — बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच १९ मेमा हुन लागेको बैवाहिक समारोहमा गोर्खाहरुलाई समेत विशेष आमन्त्रण गरिएको छ ।

फोकस्टनस्थित रोयल गोर्खा राइफल्स, फस्ट बटालियनका अढाइ सय बढि सदस्यहरुलाई निम्ता गरिएको हो। राजकुमार हयारीले उक्त बटालियनसंग सन् २००७ मा अफगानिस्तानमा संगै काम गरेका थिए।
बकिङहम प्यालेसका प्रवक्ताले राजकुमार हयारीका लागि उक्त युनिटले विशेष अर्थ राख्ने बताए। ‘राजकुमार हयारी र मर्केल आफ्नो बिवाह समारोहमा आर्म्ड फोर्सेसले विशेष भूमिका निर्वाह गर्ने भएकाले खुशी छन्’, ति प्रवक्ताले भनेका छन्। बिवाह समारोहमा २५० भन्दा बढि आर्म्ड फोर्सेस सदस्यहरुले ‘सेरेमोनियल ड्युटी’ गर्ने बताइएको छ। बिवाह स्थान विन्सोर क्यासल वरपर सडकमा गोर्खा र अन्य सैनिकहरु पंक्तिवद्ध रहनेछन्।
राजकुमार हयारीले गोर्खाहरुसंग आफ्नो भावनात्मक सम्वन्ध रहेको बताउँदै आएका छन्। हयारीले केही समयअघि आफू गोर्खा भर्तीमा जान इच्छुक भएपनि समय नमिलेर त्यो अवसर गुमेको खुलासा गरेका थिए।
३३ वर्षीय राजकुमार हयारी र ३६ वर्षीया मेगान मर्केलबीच महिना दिनपछि १९ मे शनिबार विन्सोर क्यासलको सेन्ट जोर्ज च्यापलमा बिवाह हुँदैछ। केन्जिङटन प्यालेसले गत नोभेम्बर २८ मा बिवाह मिति र स्थान सार्वजनिक गर्दै बिवाह खर्च शाही परिवारले बेहोर्ने स्पष्ट पारेको थियो।
दरबार श्रोतलाई उदृत गर्दै बेलायती अखबारहरुले जनाए अनुसार बिवाह समारोहमा राजनीतिज्ञको सट्टा स्वयंसेवक, स्थानीय दुई स्कुलका वालवालिका र द रोयल हाउसहोल्डका पाँच सयसमेत गरि २ हजार ६४० जनालाई निमन्त्रणा गरिएको छ। आमन्त्रित अतिथिहरुको ह्यारी र मेगनमध्ये कि दुवै, नभए एकजनासंग प्रत्यक्ष सम्बन्ध छ।
उक्त दम्पत्तिले आफ्नो बिवाहमा उपहार ल्याउनुको सट्टा कुनै च्यारिटी संस्थालाई दान गर्न समेत भनेको जनाइएको छ।
बकिङहम प्यालेसस्थित द लर्ड च्याम्बरलेन अफिसले ह्यारीका निजी सचिव इडवार्ड लेन फक्सको मार्गदर्शनमा राजकीय बिवाहको दायित्व वहन गर्दैछ। क्यान्टरबरीका आर्चबीसप जस्टिन वेल्बीले हयारी र मर्केलको बिवाह गराउने कार्यक्रम छ।
दि टेलिग्राफका अनुसार, बिवाह उत्सवमा बेलायती प्रधानमन्त्री टेरेजा मे, प्रतिपक्ष लेबर पार्टीका नेता जेरेमी कोरबीन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, ओबामा पत्नीलगायत कोही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिज्ञलाई बोलाइएको छैन्।
सेन्ट जोर्ज च्यापल तुलनात्मक रुपमा सानो र हयारी राजगद्दीको पाँचौं पंक्तिमा रहेकाले पनि राजनीतिज्ञलाई प्राथमिकतामा नराखिएको हो।
यसैबीच, हयारी र मर्केलले बिवाहपछि हनिमुनका लागि अफ्रिकी मुलुक नामिबिया रोजेको अखबारहरुले जनाएका छन्। हयारीले विगतमा पनि अफ्रिका मनपर्ने मुलुक भएको बताउँदै त्यहाँ बारम्बार भ्रमण गर्ने गरेका थिए। उनी राइनो कन्जरभेसन बोत्सवानाको संरक्षक समेत हुन्।
साभार; कान्तिपुर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL