प्रवास Monday, 12 Feb, 2018
Prestige Media

वैदेशिक रोजगारीले हुने तनाव र व्यवस्थापन गर्ने तरिका

वैदेशिक रोजगारले पैसा मात्रै भित्र्याएको छैन, यसले सामाजिक र मानसिक समस्या पनि ल्याएको छ । वैदेशिक रोजगारको कारण स्वयम कामदार र उनका परिवारमा विभिन्न खालका तनाव परेको देखिन्छ । वैदेशिक रोजगारमा गएका सबैलाई तनाव छ भन्न मिल्दैन र हुँदैन पनि ।

तर के चाहिँ भन्न सकिन्छ भने वैदेशिक रोजगारमा गएका धेरै व्यक्ति र उनका परिवारमा केही न केही समस्या परेको छ । त्यसले तनाव निम्त्याएको छ । वैदेशिक रोजगार जबसम्म सुरक्षित हुँदैन तबसम्म विभिन्न समस्याको सामना गरिरहनुपर्ने देखिन्छ ।

वैदेशिक रोजगारमा रहेका युवा पुस्तादेखी नेपालमा रहेका परिवारलाई पनि तनावले छोडेको छैन ।देख्दा राम्रो देखिन्छ तर त्यसभित्रका ससाना कुराले पनि तनावलाई बढाइरहेको छ ।

वैदेशिक रोजगारीका कारण आइपर्ने समस्या कम गर्नको लागि परामर्शकर्ताको रुपमा धादिङमा काम गर्दा तनावमा परेका धेरै परिवार भेटेको छु ।सुरक्षित आप्रवास (सामी) परियोजना अन्तर्गत चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङमा मनोसामाजिक परामर्शकर्ताका रुपमा काम गर्दा वैदेशिक रोजगारमा विदेशमा रहेका देखि नेपालमा रहेका आफ्नो परिवार तथा उनका आफन्त पनि तनाव लिएर बसिरहेका पाइन्छ ।

काम गर्दाको अनुभवको आधारमा भन्ने हो भने पनि अहिले वैदेशिक रोजगारको कारण समस्या नभएका घर परीवार भेटाउन हम्मेहम्मे पर्छ । तनावको कारण धेरैको घर विखण्डनमा परेको, घरलु हिंसा परेका, आत्महत्याको प्रयास गरेका, परिवारमा झगडा परेको, बालबालिका सहाराविहिन बनेका, कुलतमा फसेका, गाउँबाट एक्ल्याइएका र मानसिक रुपमा समस्यमा परेका छन् ।

खाडीका देशमा मात्रै हैन युरोप अमेरिका गएका घरपरिवारमा पनि यस्ता समस्या देखिन्छ । यस्ता समस्या वैदेशिक रोजगारी जाने व्यक्तिले सोचे जस्तो नभएपछि सुरु हुन्छ ।

कुनै कामदार सीप नसिकी र आवश्यक जानकारी नलिई जाँदा उसले सोचे जस्तो कमाउन सक्दैन् । कमाउन नसकेपछि लागेको ऋण तिर्न सक्ने कुरै भएन ।
यही तनावले कति परिवारको सम्पर्कमा आउनै छोड्छन् । यसले परिवारमा पनि ठूलो तनाव सिर्जना गर्छ ।

ती तनाव कम गर्न ऊसँग आश्रित परिवारका सदस्यले चुरोट, रक्सी खाएर पीडा कम गर्न खोज्छन् । त्यसले उनीहरुलाई अर्को जोखिममा पुर्याइरहेको छ ।तनाव बढ्दै जाँदा सधंै नकारात्मक  कुरा सोच्ने, एक्लै बस्ने, झर्किने, रिसाउने, निन्द्रा नपर्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन् । यसरी समस्याको भूमरी नै पैदा हुन सक्छ ।

समयमै यसलाई व्यवस्था सकेन भने समस्यामा परेका व्यक्तिले आत्महत्या पनि गर्न सक्छन् । त्यसैले निम्न तरिका अपनाएर तनावलाई व्यवस्थापन गर्न सकिन्छ ।

१. मन मिल्ने साथीलाई भन्नुपर्छ

दुःख बाँडे आधा, सुख बाँडे दोब्बर त्यतिकै भनिएको होइन । आफ्नो मनको पिडा वा दुःख मन मिल्ने साथी वा विश्वास गर्ने मान्छेसँग भन्दा तपाईंलाई सहज हुन्छ ।

अझै भनौं ती समस्या कम गर्न केहि नयाँ विकल्प पनि त हुन सक्छ नि । तपाईंको पीर चिन्ता भन्ने भन्दैमा चिनेको जति सबैलाई भन्न हँुदैन । त्यसले झन बढी झनै तनाव बढाउँछ ।

तपार्इंलाई जसले सकारात्मक रुपमा बुझेको छ वा हेरेको छ त्यस्ता साथीहरुलाई भन्दा सहज हुन्छ । नजिकको व्यक्ति तपाईंको तनाव सुनाउने माध्यम मात्र हौ व्यवस्थापक भने होइन ।

२. समस्याको पहिचान

सबैभन्दा पहिलो तपाईंको समस्या के भएर भएको हो त्यसको कारण पत्ता लगाउनुहोस् । वास्तवमा तनावका पछाडि कुनै न कुनै कारण हुन्छ । सबैभन्दा पहिला तपाईंलाई चिन्ता लाग्नुको कारण के हो सोच्नुहोस् । अनि त्यसमध्ये पनि सबैभन्दा बढी तपाईलाई तनाव भइरहने समस्याको पहिचान गर्नुहोस् ।

ती समस्या समाधानको लागि तपाईंले के गर्न सक्नुहुन्छ त्यो पनि लेख्नुहोस् । तपाईंले अहिले सम्म के के प्रयास गर्नुभयो त समस्याको समाधान गर्नको लागि त्यो पनि एउटा कपिमा लेख्ने गर्नुहोस् । याद गर्नुहोस तपाईंको तनाव व्यवस्थापन गर्ने मुख्य पात्र नै तपाईं आफैं हो ।

३. मनोचिकित्सकसँग परामर्श लिनुहोस्

मनोचिकित्सकसँग परामर्शको लागि जाने भन्ने बित्तिकै कतै पागल त भइएन भन्ने भावना मनैबाट हटाउनुहोस् । परामर्शले तपाईको तनाव कम गराउन सकिन्छ त्यसैले नआत्तिनु होला ।

तपाईं परामर्शकर्तालाई आफ्नो हरेक समस्या, चिन्ता, डर, पीडा भन्नुहोस् । उनीहरुले तपाईंलाई सहयोग गर्छन् । तपाईंको विषयमा अरुसँग कुरा गर्दैनन् । गोपनीयता कामय गरेका हुन्छन् ।

४. सबैभन्दा ठूलो तपाईकै मन

तपार्इंको तनावको कारण तपाईको सोचाई अथवा मनै हो । मनलाई स्थिर बनाउनुहोस् । सकारात्मक सोचको विकास गर्नुहोस र मनलाई सन्तुष्टी प्रदान गर्ने काममा लाग्नुहोस् । जे गर्दा तपाईंलाई खुसी मिल्छ त्यही काम गर्नुहोला ।

तपाईं खुसी हुने, दुःखी हुने, आनन्द हुने भन्ने कुरा सबै तपाईंको सोचबाट हुने भएकाले नकारात्मक सोचलाई आजैबाट अनि अहिलेबाटै महत्वको विषय नबनाउनुहोस् । त्यसैले तपाईको मन नै सबैभन्दा ठुलो कुरा हो । खुसीको साथ बाँच्ने सोच बनाउनुहोस ।

रामकुमार थापा सुरक्षित आप्रवास (सामी)परियोजना अन्तर्गत चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ ।

उज्यालो बाट साभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL