Exclusive News Tuesday, 31 Oct, 2017
Prestige Media

मोबाइललाई बनाऔं अझ स्मार्ट

आश्विन २३, २०७४-

आफूले सोचेको समयभन्दा पनि निकै छिटो मोबाइलको ब्याट्री सकिएर हैरान हुनुहुन्छ अथवा समय–समयमा फोनको स्पेस पुगेन भनेर सुचना आइरहन्छ ? आफैं गर्न सकिने केही सामान्य उपाय अपनाउने हो भने यी समस्याबाट धेरै हदसम्म मुक्त हुन सकिन्छ । 

ब्याट्री लामो समयसम्म टिकाउन 

१. आफ्नो मोबाइलको स्क्रिनको ब्राइटनेसलाई घटाएर चलाउँदा प्रत्यक्ष रूपमै मोबाइलको ब्याट्री टिकेको अनुभूति गर्न सकिन्छ । यद्यपि सधैं र सबै अवस्थामा ब्राइटनेस घटाएर चलाउन सम्भव हुँदैन । जस्तो कि घाममा हिंडिरहेको समयमा ब्राइटनेस कम छ भने मोबाइलको स्क्रिनमा हेर्न नै समस्या हुन्छ । यस्तो अवस्थामा ब्राइटनेसलाई ‘अटो’ मोडमा राखिदिने हो भने मोबाइल आफैंले उपयुक्त उज्यालो (ब्राइटनेस) मा बसेर कम ब्याट्री खपत गर्छ ।

२. मोबाइलमा ‘स्क्रिन टाइमआउट’ को समय थोरै राखेर पनि ब्याट्रीलाई किफायती बनाउन सकिन्छ । स्क्रिन टाइमआउट भन्नाले आफ्नो मोबाइलमा केही बटन थिचेपछि अथवा केही चलाएपछि कति समयसम्म मोबाइलको स्क्रिनमा बत्ती बल्ने भन्ने हो । यदि फोनमा स्क्रिन टाइमआउटको समय दुई मिनेट छ र मोबाइल चलाएर काम सकेपछि मोबाइल यत्तिकै छोड्ने हो भने मोबाइलले दुई मिनेट अनावश्यक रूपमा ब्याट्री खपत गर्छ । यो ‘स्क्रिन टाइमआउट’ को समय छोट्याएर ब्याट्री लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

३. अनावश्यक रुपमा फोनको ब्लुटुथ र वाईफाई खोल्नु हुँदैन । जब ब्लुटुथ र वाइफाइ चलाउने काम सकिन्छ, तिनीहरूलाई बन्द गरिदिनुपर्छ । यसले ब्याट्री बचत गर्न अहं भूमिका खेल्छ ।

४. लोकेसन ट्रयाक गर्न जीपीएस प्रयोग गर्ने एप्लिकेसन्सहरूले पनि पर्याप्त ब्याट्री खपत गर्छन् । त्यसैले चाहिएको समयमा मात्र जीपीएस अन गर्ने हो भने पनि ब्याट्री बढी टिकाउ हुन्छ ।

५. एकभन्दा धेरै एप्लिकेसन्स चलाउन दिनु स्मार्टफोनको प्रमुख विशेषता हो । एउटा एप्लिकेसन चलाइरहेको समयमा ब्याकग्राउन्डमा अरू एपहरू पनि चलिरहेका हुन्छन् । जस्तै फेसबुक चलाउँदै गीत पनि सुन्न पनि सकिन्छ । त्यही समयमा फोनमा भाइबरलाई पनि ब्याकग्राउन्डमा प्रयोग गर्न सकिन्छ, तर यसरी ब्याकग्राउन्डमा चल्ने एप्सले पनि ब्याट्री खपत गरिरहेका हुन्छन् । यसकारणले प्रयोग नहुने अवस्थामा ब्याकग्राउन्डमा चल्ने एप्लिकेसनहरू त्यत्तिकै छोड्नुभन्दा तिनलाई बन्द गरिदिनु उपयुक्त हुन्छ ।

६. मोबाइलमा रिंगटोन बज्दाभन्दा भाइब्रेट हुँदा बढी ब्याट्री खपत हुन्छ । त्यसैले मोबाइललाई सकेसम्म भाइब्रेटभन्दा पनि रिंगटोन मोडमा राख्दा ब्याट्री लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

७. एउटा प्रयोजनका लागि प्रयोग गर्न इन्स्टल गरिएका एप्लिकेसनहरू फेरि लामो समयसम्म चलाइरहनु पर्दैन भने त्यसलाई अनइन्स्टल गर्नु उपयुक्त हुन्छ, अन्यथा तिनले ब्याकग्राउन्डमा रहेर मोबाइलको ब्याट्री खपत गरिरहेका हुन सक्छन् ।

८. मोबाइललाई सकेसम्म गर्मी ठाउँमा राख्नुहुँदैन । ब्याट्रीले तातोमा भन्दा चिसोमा बढी पर्फमेन्स दिन्छ । गोजीमा राख्दा पनि लुज

गोजीमा राख्नुपर्छ ।

९. चार्ज गर्दै मोबाइल चलाउँदा मोबाइलको ब्याट्री लाइफ घट्ने कुरा विज्ञहरू बताउँछन् । यसका अतिरिक्त चार्ज गर्दै फोन चलाउँदा फोनमा अन्य बिभिन्न समस्या सिर्जना हुन सक्छन् ।

स्टोरेज स्पेस लो भनेको बेला 

त्यसैगरी हाम्रो फोनमा समय समयमा ‘स्टोरेज स्पेस’ पुगेन भनेर नोटिफिकेसन आइरहन्छ । यसले गर्दा न त हामी फोटो नै खिच्न सक्छौं न त कुनै नयाँ एप्लिकेसन इन्स्टल गर्न नै । यो समस्याबाट छुट्कारा प्राप्त गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।

१. हाम्रो फोन सेटमा एकदमै थोरै इन्टरनल स्टोरेज हुन्छ । त्यसैले मेमोरी कार्डको प्रयोग गरेर इन्टरनल स्टोरेजको भार घटाउन सकिन्छ । यसका लागि फोनमा हामीले प्रयोग गर्ने विभिन्न एप्लिकेसन्स मेमोरी कार्डमा सार्न सकिन्छ । यो कार्य गर्न आफ्नो फोनको सेटिङ एप्लिकेसन्स म्यानेजरमा गएर फोनको मेमोरीबाट मेमोरी कार्डमा सार्न खोजेको एप्लिकेसनलाई ‘मुभ टु एसडी कार्ड’ मा जान सकिन्छ । यसबाट सबै एप्लिकेसन्सलाई मेमोरी कार्डमा सार्न भने सकिँदैन ।

२. गीत, भिडिओ, फोटोजस्ता मिडिया फाइलहरूलाई मेमोरी कार्डमा सार्न सकिन्छ । यी मिडिया फाइलहरू अरू फाइलको तुलनामा बढी मेमोरी ओगट्ने हुन्छन् ।

३. तुलनात्मक रूपमा अरूभन्दा थोरै मात्र मेमोरी प्रयोग गर्ने भए पनि एसएमएसमा आउने टेक्स्टहरूलाई पनि आवश्यकता हेरेर हटाउन सकिन्छ ।

४. बिभिन्न ब्राउजर र एप्लिकेसन्सहरूको‘ँहिस्ट्री’ र ‘क्यास’ समय–समयमा हटाउनुपर्छ । कतिपय अवस्थामा एप्लिकेसनको साइजभन्दा निकै बढी त्यही एप्लिकेसनको ‘क्यास’ बसेको हुन्छ । क्यास र डाटा हटाउन आफ्नो फोनको सेटिङ एप्लिकेसन्स म्यानेजरमा गएर ‘क्यास’ हटाउन लागिएको एपमा जानुपर्छ । त्यसपछि त्यहाँ रहेको ‘स्टोरेज’ मा थिचेर आवश्यकताअनुसार डाटा र क्यास हटाउन सकिन्छ ।

५. यसका साथै खासै प्रयोगमा नआउने एप्लिकेसन्सहरू ‘अनइन्स्टल’ गरेर पनि फोनमा खाली स्पेस

बढाउन सकिन्छ ।

६. विभिन्न ‘विजेट’ र ‘वालपेपर’ हटाउँदा पनि फोनमा खाली स्पेस वृद्धि हुन्छ भने ब्याट्रीको आयु पनि बढ्छ ।

७. फोनबाट खिचिएको तस्बिरलाई मेमोरी कार्ड अथवा फोनकै इन्टरनल मेमोरीमा भन्दा पनि क्लाउड स्टोरेजमा राख्नुपर्छ । यसले फोनको मेमोरी त जोगाउँछ नै, त्यसरी क्लाउड स्टोरेजमा राखिएका बिभिन्न सामग्री इन्टरनेट भएको जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न सकिन्छ, चाहे आफ्नो फोन साथमा नभएकै अवस्था होस् । गुगलले प्रदान गरेको ‘गुगल फोटो’ यसको उदाहरण हो ।

 

साप्ताहिक बाट सभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL