काठमाडौँ, २३ फागुन । कोलकोता हाज्रास्थित दुई सांस्कृतिक संस्थाले नेपालका महावाणिज्यदूत एकनारायण अर्याललाई ‘बङ्ग सङ्गीत रत्न सम्मान’ प्रदान गरेका छन् ।
इन्डियन फोटो एन्ड कल्चरल लभर वेलफेयर फाउन्डेसन र रिपोर्टर एन्ड फोटोग्राफर एसोसिएसनले कोलकाता र नेपालबीच जनस्तरमा सांस्कृतिक विकास र प्रवद्र्धनमा योगदान दिएबापत महावाणिज्यदूत अर्याल, त्यहाँका राष्ट्रिय शिक्षक वृजमोहन मजुमदारलगायत २० जनालाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा सम्मान गरिएको कार्यक्रमका कल्चरल सेक्रेटरी दिलीप थापाले जानकारी दिनुभयो ।
सो अवसरमा बङ्गाली गीत र नृत्य प्रस्तुत गरिएको थियो । यसैबीच दिलीप थापा डान्स स्कुल कोलकाता, हाउडाले आगामी चैत २७ गते बृहत् नृत्य कार्यक्रम पनि गर्दैछ । दृष्टिविहीनहरुले समेत कार्यक्रममा हार्माेनियम, तबला, गितारका साथ भजन र अन्य गीत प्रस्तुत गर्ने र तिनलाई आर्थिक सहयोग दिइने डान्स स्कुलका नृत्यनिर्देशक थापाले बताउनुभयो ।
नेपालको ललितपुरका दिलीप थापा भरत नाट्यम, कत्थक कली, रवीन्द्र नृत्य, डाँगियाका साथै पन्जाबको भाँगडा, गुजरातको गर्वा डाँडिया, आसामको बिहु, मणिपुरको मणिपुरी, बङ्गालको बङ्गाली नृत्य र पश्चिमका साल्सा, डिस्को र बे्रक डान्समा पारङ्गत हुनुहुन्छ । रासस