Breaking News Friday, 17 Feb, 2017
Prestige Media

प्रजातन्त्र, २००७ साल र राजनीति–राजनीतिज्ञ थापाको टिप्पणी

काठमाडौँ, ६ फागुन । एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए ।

तर राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गएपछि नेपालको राजनीतिले अचानक अर्कै तर जटिल मोड लिन पुगेको स्मरण गर्नुहुन्छ विसं २००७ को क्रान्तिमा सक्रिय पुराना राजनीतिज्ञ विश्वबन्धु थापा ।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाहसमेत दिइएको थियो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो ।

“राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो, यही बीजले क्रान्तिमा नेतृत्व गरेका दाजुभाइ मातृकाप्रसाद कोइराला र बिपी कोइरालामा झगडा भयो, अन्ततः यसले नेपालको प्रजातन्त्रलाई नराम्रो प्रभाव पा¥यो” – प्रजातन्त्र स्थापनापछिको घटनालाई गहिरोसँग नियाल्दै आउनुभएका थापाले भन्नुभयो ।

वनारसमा अध्ययन गरिरहेका बेला भारतमा अङ्ग्रेज शासन हटाएर प्रजातन्त्र पुनःस्थापना भएपछिको खुला वातावरण भोगेर विराटनगर फर्किएपछि थापालाई नेपालमा प्रजातन्त्र नभएको अनुभूति भयो । यही अनुभूतिले उहाँलाई राजनीतितर्फ डो¥यायो । गोरखा पुख्र्यौली थलो भएका थापालाई विराटनगरबाट आवतजावत गर्ने खुला वातावरण नभएकाले प्रजातन्त्र स्थापना हुनुपर्नेमा दृढ बनाएको थियो ।

वनारसमा बिपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि विद्यार्थी सङ्गठित हुनुपर्छ भनी प्रेरणा दिनुभयो । बिपीको प्रेरणामा थापा, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, भरतमणि शर्मालगायत विद्यार्थीहरु विद्यार्थी सङ्घमा सक्रिय हुनुभयो । थापा विसं २००३ मा खुलेको राष्ट्रिय काँग्रेसको संस्थापक सदस्य भई प्रजातन्त्र स्थापनामा लाग्नुभयो ।

राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणा शासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरुकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो । प्रजातन्त्र काँग्रेससँग धन शक्ति । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो ।

“प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो, एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो” – २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना हुनुअघि सुरु भएको क्रान्तिको स्मरण गर्दै थापाले भन्नुभयो ।

प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको घोषणा भएपछि बिपीको निर्देशनमा थापा विराटनगर आउनुभयो । पढाइ छोडेर गिरिजाप्रसाद कोइराला मजदुर आन्दोलनमा लाग्नुभएको थियो । विराटनगरमा स्वयम्सेवक अखडा खोलेर क्रान्तिमा लागेका साथीलाई गुमाएको घटना उहाँको स्मरणमा अझै ताजा छ ।

वनारसमा अध्ययन गर्दा विद्यार्थी सङ्गठनमा सक्रिय भएदेखि नै थापालगायत युवा विद्यार्थीले सैन्य तालिम लिनुभयो । यो तालिम २००७ सालको क्रान्तिमा उपयोगी बन्यो । तालिमलाई उपयोग गर्दै विराटनगरका माल अड्डालगायत सरकारी कार्यालय क्रान्तिकारीले नियन्त्रणमा लिएको सुनाउनुहुन्छ थापा ।

प्रजातन्त्र स्थापनामा सक्रिय भई विसं २०१५ को पहिलो संसदीय निर्वाचनमा सांसद निर्वाचित हुनुभएका थापा २०१७ पुस १ गतेको शाही ‘कू’ पछि पञ्चायत व्यवस्थामा लाग्नुभयो । विसं २००७ पछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको पञ्चायत दुवै व्यवस्थामा सक्रिय राजनीति गर्नुभएका थापा प्रजातन्त्रलाई भ्रष्टाचारले र पञ्चायतलाई शक्तिले बिगारेको अनुभव सुनाउनुहुन्छ ।

“प्रजातन्त्र स्थापनाका लागि नेतृत्व गर्ने मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको काठमाडौँमा घर थिएन, २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना भएपछिको संसदीयकालमा मन्त्री बनेकाले समेत काठमाडौँमा बङ्गला, गाडी र धन सम्पत्ति जोडेका छन्, यसमा काँग्रेसका नेतामात्र होइन नेकपा (एमाले) र माओवादीका नेता पनि फरक देखिएनन्” – २०४६ सालमा प्रजातन्त्र र विसं २०६२÷६३ को परिवर्तनपछिको विश्लेषण गर्दै पुराना राजनीतिज्ञ थापाले भन्नुभयो ।

विसं २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले पछि परेको उहाँको बुझाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL