प्रमुख समाचार Thursday, 16 Feb, 2017
Prestige Media

रोटरी भवन बनाउन एक करोड सहयोग

चितवन, ५ फागुन । चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले रु एक करोड सहयोग गरेका छन् ।

क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उहाँकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमाको नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गर्नु भएको हो ।

सो अवसरमा चेक हस्तान्तरण सहित संझौता गरिएको थियो । संझौता बमोजिम हिजो रु ५० लाखको पहिलो चेक हस्तान्तरण गरिएको र निर्माणका क्रममा थप रु ५० लाख दिने उल्लेख छ । भरतपुर उपमहानगरपालिका–१० मा रोटरीयन चन्द्रेश्वर भट्टराईका पिता स्व श्रीप्रसाद भट्टराईले रोटरीलाई उपलब्ध गराउनुभएको करिब एक गट्ठा जमिनमा रोटरीले छ तले भवन निर्माण गरी तेस्रो तलामा कार्डिया सेन्टर स्थापना गर्दै छ ।

क्लबका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार भवनको पहिलो र दोस्रो तलालाई व्यावसायिक प्रयोजन गरिँदै छ भने चौथोमा व्यावसायिक तालिमकेन्द्र निर्माण गरिँदै छ । करिब रु पाँच करोडको लागतमा भवन निर्माणका लागि क्लबका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा समिति गठन गरिएको छ । । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL