Breaking News Tuesday, 14 Feb, 2017
Prestige Media

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा

काँकडभिट्टा (झापा), ३ फागुन । जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नुभएको छ ।

सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९ः१५ बजे नेपाल प्रवेश गर्नुभएका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सांसद रवीन कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतले काँकडभिट्टामा औपचारिक स्वागत गर्नुभएको थियो ।

आजीवन पैदलै हिँड्ने सङ्कल्प लिनुभएका धर्मगुरु आचार्य महाश्रमणजी तीन दिनसम्म झापाको मेचीनगर, बिर्तामोड र भद्रपुरमा रहनुहुने र फागुन ६ गते भद्रपुर नाकाबाट भारतको विहार फर्किनुहुने तेरापन्थी युवक परिषद् झापाका अध्यक्ष मञ्जित जैनले बताउनुभयो ।

जैन धर्म नेपालमा फैलिएको अढाइ सय वर्षको इतिहासमा जैन सर्वोच्च धर्मगुरुले यसरी नेपाल प्रवेश गरेको दोस्रोपटक हो । दुई वर्षअघि उहाँ वीरगन्जबाट नेपाल आएर काठमाडौँसम्म जानुभएको थियो ।

सेतो पहिरन लगाउने र मुखमा सेतो मास्क लगाउने आचार्य महाश्रमणजीले सन् २०१० मा दिल्लीबाट अहिंसा यात्राको थालनी गर्नुभएको थियो । त्यसयता उहाँ निरन्तर भारत, नेपाल र भुटानको विभिन्न स्थानमा पैदल यात्रामा हुनुहुन्छ ।

झापामा उहाँको स्वागतका लागि सडकहरुमा दर्जनौँ स्वागतद्वार बनाइएका छन् भने महाश्रमणजीको तस्बिर र महानवाणी राखेर फ्लेक्स ब्यानरहरु राखिएका छन् ।

उहाँले आज दिउँसो धुलाबारीस्थित पासाङ ल्हामू जेसिज प्रतिष्ठानको सभाहलमा विशेष प्रवचन दिने कार्यक्रम रहेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL